२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • पाँचौ अर्घाखाँची महोत्सव सुरु

    अर्घाखाँची । पाँचौ अर्घाखाँची महोत्सव बुधबारबाट सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले माघ ११ गतेदेखि २४ सम्म अर्घाखाँची महोत्सबं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी शुरु भएको हो ।
    अर्घाखाँचीलाई ब्यवसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन, जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित बस्तुहरुको प्रर्बद्धन गर्नको लागि महोत्सवको आयोजना गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताए । १४ दिन सम्म सञ्चालन हुने महोत्सवमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र ५ करोडको कारोवार हुने अपेक्षा रहेको अध्यक्ष मिश्रको भनाइ छ ।
    अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सले महोत्सवको आयोजना गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै अर्घाखाँचीका सांसद तथा पूर्वमन्त्री टोपबहादुर रायमाझिले अहिले देश र अर्थतन्त्र संकटमा परेको बताउदै अर्थतन्त्र चलायमान बनाउन महोत्व महत्वपुर्ण हुने उल्लेख गरे ।
    सन्धिखर्कको कुँडुले फाँटमा सञ्चालन भएको महोत्सबमा जिल्लामा भएका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न तथा स्थानीय स्तरमा उत्पादन हुने सुन्तला, कफी तथा अन्य उत्पादित बस्तुको प्रचार प्रसारगरि पर्यटन भित्राउन तथा जिल्लालाई चिनाउनका लागि महोत्सबले भुमिका खेल्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।