२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • दाङको टरिगाउँ विमानस्थलमा सीता एयरको अफिसियल टुर


    दस दिन भित्र व्यवसायीक उडान सुरु गर्ने

    दाङको टरिगाउँ विमानस्थलमा सीता एयरले शुक्रबार अफिसियल टुर गरेको छ । टुरपछि पाइलट रबिन्द्र डंगोलले दाङ एयरपोर्टमा सीताको १९ सिटे चार–डोर्नियर जहाजलाई उडान भर्न कुनै समस्या नरहेको प्रतिक्रिया दिए । धावन मार्ग थप एकदेखि डेढसय मिटर लम्बाउन सके थप यात्रु बोकेर यात्रा गर्न सहज हुने उनको भनाइ छ।

    विमानस्थलको उत्तर दक्षिण र दाँया बाँया प्रसस्तै खाली जमिन आँफुले देखेको भन्दै त्यति धावनमार्ग बिस्तार गर्न कुनै समस्या छ भन्ने आँफुलाई नलागेको उनले बताए । उत्तर तर्फबाट अवतरण गर्दा हालसालै निर्माण गरिएको एउटा घरको छतको पानी ट्याँङकी र पाइपले धावनमार्ग अली प्रष्टसंग देख्न समस्या भएको हुँदा त्यो हटाउँदा अवतरण गर्न थप सहज हुने डंगोलको भनाइ छ।

    सीता एयरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले अफिसियल टुरपछि एक हप्ता दिनदेखि ढिलोमा दशदिन भित्रै ब्यबसायिक उडान गर्ने जानकारी दिए । उडानका लागि आवश्यक पर्ने सबै प्रकृया पुरा गरि ढिलोमा दश भित्रै दाङ–काठमाडौं र काठमाडौं– दाङ सिधा उडान गरिने उनले उल्लेख गरे ।
    तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले पछिल्लो समय एयरपोर्टमा इन्धन भर्ने सुबिधा थपिएका कारण भाडादर घटाउन आग्रह गरेका थिए । हुने खानेहरु नेपालगंज र भैरहवा गएरपनि हवाइ सेवा लिन सक्ने भन्दै दाङबाटै सेवा लिन पाउनु नागरिक अधिकारलाई ध्यान दिएर भाडादर निर्धारण गर्न उनले आग्रह गरेका थिए । रिजालको आग्रहमा सीता एयरका प्रबन्ध निर्देशक सिंहले बजार हेरेर भाडा निर्धारण हुने विश्वास दिलाएका थिए ।

    तुलसीपुर उपमहानगरपालिकका मेयर टीकाराम खड्काले सीताले छिट्टै ब्यबसायिक उडान भर्ने आशा ब्यक्त गर्दै त्यसो हुन सकेमा नेपालगंज र भैरहवा गएर जहाज चढ्नु पर्ने बाध्यता अन्त्य हुने आशा ब्यक्त गरे ।