२०८१ आश्विन २१ गते, सोमबार ०९:१४
  • लुम्बिनी विकास कोषका पदाधिकारीसँग पर्यटन मन्त्रीले सोधे : पवित्र ठाउँमा अपवित्र काम किन ?


    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आइतबार लुम्बिनी विकास कोषका पदाधिकारीसँग ब्रिफिङ लिएका छन् । पर्यटन मन्त्रालयमा ब्रिफिङ लिएपछि मन्त्री किराँतीले लुम्बिनी फोहर छ भन्ने गुनासो आएको भन्दै तत्काल सफाइ गर्न निर्देशन दिए ।
    बुद्धजन्मस्थल जस्तो पबित्र ठाउँमा अपवित्र काम किन भयो भनि प्रश्न गरे । उनले सबै प्रकारका अपवित्र कार्य हटाउन र क्यालेण्डर सहितको कार्य योजना बनाई पेस गर्न पनि निर्देशन दिए ।
    राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासका लागि पठाएका मान्छेहरूले आफ्नो भूमिका बिर्सन नहुने किराँतीको भनाइ छ ।
    पर्यटनमन्त्री किरातीले लुम्बिनीलाई विकासका नाममा मागीखाने भाँडोमात्रै बनाइएको भन्दै उक्त क्षेत्रमा बनेका संरचनाको उपयोग गरिनुपर्ने धारणा राखे ।
    प्रभावकारी कामका लागि नीतिगत समस्या भए सहजीकरण गर्ने भन्दै उनले आगामी दिनमा कार्ययोजनसहित काम गर्न र सोको प्रगति प्रतिवेदन पेस गर्न आग्रह गरे ।