२०८१ आश्विन २१ गते, सोमबार ०९:१८
  • भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २८ हजार बढिले लिए सेवा

    भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म २८ हजार ४८० जना यात्रुलाई सेवा दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट १४ हजार ५२२ जना यात्रु अवतरण गरेका छन् । १३ हजार ९५८ जना यात्रु विदेशिएका छन् । यही वर्षको जेठ २ गतेदेखी गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडान सुरु भएको हो । विमानस्थलमा जजिरा एयरवेजले सञ्चालनको पहिलो दिनबाटै उडान थालेको थियो ।

    मौसमका कारण उडानहरु रद्द हुन थालेपछि अहिले यहाँ अन्तर्राष्ट्रिय उडान नियमित छैन । केही सयम यहाँ हिमालय एयरलाइन्सले समेत अन्तर्राष्ट्रिय उडान गरेको थियो । यो विमानस्थलमा कुल २४८ वटा उडान भएका छन् । जसमा उडान र अवतरण समान १२४ छन् ।