२०८१ आश्विन २१ गते, सोमबार ०९:१०
  • १३ औं कपिलवस्तु महोत्सव सुरु

    १३ औं कपिलवस्तु महोत्सव मंगलबारबाट सुरु भएको छ । बाडगंगा नगरपालिकाको चार नम्बर स्थित बुद्धरंगशालामा सुरु भएको महोत्सव माघ २९ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले गरे ।

    उद्घाटन समारोहमा विभिन्न संघ, संस्था र जातीय समूहले आ(आफ्ना संस्कृति र परम्परा झल्कने झाँकी प्रस्तुत गरेका थिए ।

    महोत्सवमा यो बर्ष देखि गायन प्रतियोगीता पनि हुने भएको छ । अर्कोतिर १० औं संस्करणको कपिलवस्तु डान्स आइडल चल्ने छ । यी दुवै प्रतियोगीता बुधबार देखि सन्चालन हुने महोत्सवका निर्देशक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगरले बताए।
    महोत्सवमा दुई सय स्टल रहेका छन् ।
    कृषिजन्य सामग्रीको प्रदर्शनी लगाइएको छ भने माटो परिक्षणको निशूल्क व्यवस्था पनि रहेको छ । घरेलु उत्पादनलाई जोड दिइएको महोत्सवमा प्रविधिको उच्चतम प्रयोग गरिएको छ । डेढ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने झण्डै ६ करोडको कारोबार गर्ने आयोजकको लक्ष्य छ ।