
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसंग गुल्मीका जनप्रतिनिधिहरुले भेट गरेका छन् । जिल्लाको रेसुङ्गा बिमानस्थलमा नियमित उडानको लागि आग्रह संघिय सांसद चन्द्र भण्डारी, रेसुङ्गाका नगर प्रमुख खिलध्वज पन्थी, वायुसेवा संचालक संघका प्रवक्ता योगराज कंडेल लगायतले मन्त्रालयमा पुगि मन्त्री किराँतीसँग भेट गरेका हुन् । उनीहरुले रेसुङ्गा बिमानस्थलमा नियमित उडानको लागि कर्मचारीको व्यवस्थापन गर्न र नियमित सञ्चालनको आग्रह गरे । मन्त्री किराँतीले तत्कालै कर्मचारीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए ।

