२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • पर्यटन मन्त्री किराँतीद्धारा मायादेवि मन्दिरको दर्शन

    लुम्बिनी – सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती लुम्बिनी आइपुगेका छन् । मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका किराँतीले शनिवार साँझ मायादेवी मन्दिरको दर्शन गरे । उनले मायादेवि मन्दिरभित्र रहेको मार्कन स्टोन, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको जानकारी लिँदै अवलोकन गरेका थिए। सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनी र बुद्वका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । मन्त्री किराँतीले मन्दिर परिसरमा दीप प्रज्जवलन गरेका थिए ।

    मन्त्री किराँतीले कोषका पदाधिकारी तथा विभिन्न शाखाका प्रमुखहरूबाट लुम्बिनीमा भईरहेका काम र बुद्व जन्मस्थलको ईतिहास, पर्यटकका लागि दिईने सुविधाका बारेमा चासो राखेका थिए । मन्त्रीको अवलोकनमा क्रममा कोषका उपाध्यक्ष भिक्षु मैत्तय सहित पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, कोषाध्यक्ष सिद्विचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, नेत्र शाही, राजेश शाक्य, परिषद सदस्यहरू श्रीराम यादव, गोपिकृष्ण शर्मा , प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सुचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राई लगायतको सहभागिता थियो ।