२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • भारतसँग कूटनीतिक पहलबिना भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न सकिन्न : महानिर्देशक अधिकारी

    काठमाडौं -नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भारतसँग कूटनीतिक पहलबिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताएका छन् ।
    सिंहदरबारमा आइतबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले भैरहवा र पोखरा विमानस्थलबाट अहिले नै लाभ खोज्ने बेला नभइसकेको उल्लेख गरे । अधिकारीले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन भारतसँग सरकारले वार्ता गर्न आवश्यक रहेको बताए ।

    समितिको बैठमा सांसदहरुले रुटको कारणले विमानस्थल सञ्चालनमा नआएको भन्ने जिज्ञासाको जवाफ दिँदै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कम हुनुमा रुट मात्रै बाधक नरहेको बताए । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अहिलेको प्रचारप्रसार पर्याप्त नभएको पनि उनले बताए। महानिर्देशक अधिकारीले विमानस्थलको बारेमा छिमेकी देशहरुमा उडान माग्ने र प्रचारप्रसारको कामलाई पनि तीव्र बनाउँदै लगे विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने उल्लेख गरे।