२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • महाशिवरात्रीका लागि सिद्धबाबा मन्दिरलाई सजाइयो

    बुटवल- महाशिवरात्रीका लागि सिद्धबाबा मन्दिरलाई सजाइएको छ। सिद्धबाबा मन्दिर बिकास समितिले यस वर्षको शनिवार परेको महाशिवरात्रीको लागि मन्दिर सजाएर झकिझकाउ बनाएको छ ।

    महाशिवरात्रीको अवसरमा समितिले शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गरिएको अध्यक्ष सन्तोष कुमार शेरचनले बताए । भक्तजनको शुविधाका लागि भोलि शनिबार सिद्धबाबाको निःशुल्क बस बाहेक थप ६ वटा बसको व्यवसथापन गरिएको छ । बुटवलका राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक तथा पाल्पाको झुम्सामा बसको व्यवस्था गरी दिनभर यातायात उपलब्ध गराउने शेरचनको भनाइ छ। भक्तजनको पूजा व्यवस्थापनका लागि गत वर्षमा भक्तजनलाई ३ लाइनमा राखेर व्यवस्थापन गरिएको थियो भने यो वर्ष ४ लाइनमा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

    गत वर्ष ३० हजारले मन्दिर भित्र प्रवेश गरेर र करिब २० हजारले मन्दिर बाहिरबाटै पूजा गरेका कारण यो वर्ष उक्त संख्या वृद्धि भई ७० हजार बढी हुने अनुमान गरिएको छ ।