२०८१ आश्विन २१ गते, सोमबार १०:५८
  • जजिरा एयरलाइन्सले भैरहवाबाट फेरी उडान भर्ने

    भैरहवा- जजिरा एयरलाइन्सले भैरहवाको गौतमबुद्ध विमानस्थलबाट फेरि उडान सुरु गर्ने भएको छ ।
    मौसमको कारण देखाउँदै भैरहवाबाट उडान रोकेको जजिराले ९ मार्च अर्थात फागुन २५ गतेबाट पुन उडान सुरु गर्न लागेको हो । गत जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा नियमित उडान गर्दै आएको थियो । मौसमको कारण देखाउँदै उसले पुस ६ गतेबाट उडान रोकेको थियो । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जजिराले ९ मार्चदेखि हप्ताको तीन दिन उडान गर्दैछ । ९ मार्चदेखि उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको जानकारी आएको उनले बताए ।