२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • पाँचौं सैनामैना महोत्वस सुरु

    सैनामैना -पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव बुधबारबाट सुरु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ को कालिकाचोकमा सञ्चालित मेला फागुन २८ गतेसम्म चल्ने छ ।
    महोत्सवको उदघाटन गर्दै लुम्बिनीका प्रदेश सांसद भूमिश्वर ढकालले महोत्सवले देशको आर्थिक विकासमा सहयोग पु¥याउने, सैनामैनाको पहिचान, यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गराउने काममा सफल हुने बताए।उनले पछिल्लोसमय सैनामैना आधुनिक नगरको रुपमा बिकसित भैरहेको उल्लेख गरे ।
    सैनामैना नगरपालिकाका प्रमुख फणेन्दप्रसाद शर्माले महोत्सवले सैनामैनाको स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे।
    तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष जेपी कँडेलले बैंकले बृद्धि गरेको बैक ब्याजका कारण ब्यवसायी पलायन हुने अवस्था आएको भन्दै गुनासो गरे। महोत्सवमा १ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव मुल समितिका संयोजक तथा सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए।
    स्टल व्यवस्थापन समितीका संयोजक देवीदत्त सुबेदीका अनुसार मेलामा करिब १ सय ५० स्टल रहेका छन् । मेला विहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ ।