२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • कोषका पदाधिकारीद्वारा कपिलबस्तुका बुद्धस्थलको निरीक्षण

    कपिलबस्तु लुम्बिनी विकास कोषका पदाधिकारीहरुले कपिलबस्तुमा रहेका बुद्ध स्थलको निरीक्षण गरेका छन् ।

    कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र सदस्य सचिव सानुराजा शाक्यले प्राचिन तिलौराकोट दरबार, गोटिहवा, निग्लिहवा र सगरहवाको निरीक्षण गरेका हुन् । ती क्षेत्रमा विकास कोषले गरेका पछिल्ला काम र त्यहाँको बस्तुगत अवस्था बुझ्नका लागि निरीक्षण गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए ।
    सोअवसरमा तिलौराकोटमा पछिल्लो समय पुरातात्व विभाग र विकास कोषले गरेको उत्खननका बारेमा जानकारी लिइएको उनले बताए।

    उत्खननमा संलग्न पुरातात्व विभाग, लुम्बिनी विकास कोषका पुरातात्व विभाग र दुर्हम विश्वविद्यालयका प्रतिनिधिबाट उत्खननमा भेटिएका नयाँ तथ्यबारे समेत जानकारी लिएको सदस्य सचिव सानुराजा शाक्यले बताए।

    शाक्यहरुको सामूहिक नरंसंहार गरिएको ऐतिहासिक स्थल सगरहवामा गरिने मूर्तीकार्यशाला सञ्चालनका फिल्ड भिजिट समेत गरिएको थियो । निरीक्षणमा विकास कोषका तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्य र प्रेस कन्सल्ट्यान्ट विनोद परियारको समेत सहभागिता थियो ।