२०८१ आश्विन २१ गते, सोमबार ०९:०७
  • विदेशी पर्यटकले पदयात्रामा जाँदा अब अनिवार्य रुपमा गाइड लैजानुपर्ने

    काठमाडौँ -विदेशी पर्यटकले पदयात्रामा जाँदा अब अनिवार्य रुपमा गाइड लैजानुपर्ने भएको छ । नेपाल पर्यटन बोर्डले आगामी अप्रिल १ तारिखदेखि लागु हुने गरि विनागाइड पदयात्रामा जान नपाउने व्यवस्था गरेको हो। ।
    पदयात्राका दौरान बढी असुरक्षित हुने र समस्या पर्दा उद्दारमा पनि समस्या हुने भएपछि गन्तब्यलाई अझ बढी सुरक्षित बनाउन यस्तो निर्णय लिनु परेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।‘यो निर्णय नेपालमा रोजगारी सिर्जनामा समेत फलदायी उनको विश्वास छ ।
    यससँगै अब एफआईटीका लागि जारी हुने टिम्स कार्ड जारी नहुने भएको छ । पर्यटकले ट्रेकिङ कम्पनीमार्फत नेपाल आएर गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने भएको छ ।
    बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्नेछ । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउँथे । अब भने सबै पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति २ हजार रुपैयाँ पुर्‍याइएको छ । अर्थ मन्त्रालयबाट शुल्क बढाउने स्वीकृति लिएर पर्यटन मन्त्रालयको सहमतिमा टिम्स कार्डको मूल्य बढाउने निर्णय भएको निर्देशक लामिछानेले बताए । सार्क मुलुकका नागरिकले यसअघि ३ सय रुपैयाँ तिर्दै आएको टिम्स कार्डलाई अब १ हजार तिर्नुपर्ने भएको छ ।