२०८३ जेष्ठ २६ गते, मंगलवार ०२:३५
  • कपिलबस्तुको सगरहवामा गरिने मूर्तीकार्यशाला एक महिना पछि सर्यो, अब चैत २३ देखि हुने

    लुम्बिनी- कपिलबस्तु राष्ट्रिय मूर्तीकला कार्यशाला आगामि चैत २३ गतेदेखी हुने गरि कार्यतालिका परिवर्तन गरिएको छ । यसअघि फागुन २३ गते पूर्णिका दिनदेखि ऐतिहासिक स्थल सगरहवामा कार्यशाला गर्ने तयारी थियो । सगरहवा पुरातात्विक स्थल भएकाले त्यहाँ जियोफिजकल सर्भे गर्नुपर्ने, मूर्तीका लागि आवश्यक ढुंगा व्यवस्थापन गर्नुपर्ने तथा विद्युत जस्ता अन्य प्राविधिक कामका लागि समय अपुग भएपछि कार्यशाला एक महिनापछाडि सारिएको हो ।

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईको अध्यक्षतामा सगरहवामा जनप्रतिनिधि सहित त्यस क्षेत्रका कार्यशाला सम्पन्न गर्न गठित समितिका संयोजकहरुको बैठकले चैत २३ गतेदखि कार्यशाला गर्ने गरि कार्यतालिका परिवर्तन गर्ने निर्णय गरेको हो । पुरातात्व विभागले सगरहवाको जियोफिजिकल सर्भे ९जमिनमुनी पुरातात्व संरचना भएनभएको परीक्षण० गरेर प्रतिवेदन दिएपछि स्थान छनौट र ढुंगा व्यवस्थापनका लागि फागुन मसान्तसम्मको समय तोकिएको छ ।
    विद्युत व्यवस्थापन चैत पहिलो साता, चैत १७ भित्र कलाकारहरुको छनौट र मूर्तीको म्याकेट माग गर्ने निर्णय भएको छ । बैठकले कार्यशालालाई स्थानीयहरुको अपनत्वमा सम्पन्न गर्न ढुंगा व्यवस्थापन, विद्युत व्यवस्थापन, साँस्कृतिक कार्यक्रम व्यवस्थापन, आमा समूह परिचालन जस्ता उपसमितिहरु गठन गरिएको लुम्बिनी विकास कोष तिलौराकोट शाखा प्रमुख माधवप्रसाद आचार्यले जानकारी दिए ।