२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • चितवनको आकाशमा अब प्याराग्लाइडिङमा उड्न पाइने

    भरतपुर – चितवनको आकाशमा अब प्याराग्लाइडिङमा उड्न पाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले हिमालय फन्टियर्स प्याराग्लाइडिङ कम्पनिलाई चितवनमा व्यवसायिक रुपमा मनोरञ्जनात्मक हवाई गतिविधिका रुपमा प्याराग्लाइडिङ उडानका लागि अनुमति दिएको छ।
    कम्पनिले चितवनको भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट उडान गर्न पाउने गरि प्राधिकरणबाट अनुमति पाएको छ। हिमालय फन्टियर्सका संचालक शैलेन्द्र रावतका अनुसार आगामि चैत १५ देखि चितवनमा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु हुँदैछ।
    राष्ट्रिय निकुन्जमा जंगल सफारी गरेर मनोरञ्जन लिन सकिने चितवनको पर्यटन क्षेत्रमा नयाँ प्रडक्ट भित्रिएको हो । ‘चितवनको पर्यटन व्यवसाय अब जंगलका गतिविधिमा मात्र सिमित रहेन, आकाशमा हुने साहसिक हवाई मनोरञ्जनात्मक खेलकुद गतिविधिमा पनि उत्तिकै अब्बल हुनेछ।’ रावतले भने ।
    मुग्लिन–नारायणगढ सडकको दासढुंगामाथिको डाँडालाई चौकि डाँडा भनिन्छ । समुन्द्री सतहको ११ सय मिटरको चौकीडाँडा र ५८० मिटर उचाईको कविलासबाट टेकअफ गराउने व्यववस्था मिलाएको कम्पनीले जनाएको छ। अवतरण भने त्रिशुली नदी किनारको २५० मिटर उचाईमा हुनेछ।