२०८१ आश्विन २१ गते, सोमबार ०९:११
  • चीनले पर्यटकीय गन्तव्यको सूचीमा नेपाललाई पनि समावेश गर्यो

    काठमाडौँ- चीनले पर्यटकीय गन्तव्यमा नेपाललाई पनि समावेश गरेको छ । यही मार्च १५ तारिखबाट लागू हुने गरी चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयको वेइपोमा दोश्रो चरणका लागि चिनियाँ पर्यटक बाहिरी मुलुकमा यात्रा गर्नसक्ने सूचना प्रकाशित गरिएको हो । जसमा नेपालसहित २० मुलुक समेटिएको छ । यसअघि गत माघ दोश्रो सातातिर प्रकाशित पहिलो चरणको २० मुलुकको सूचीमा नेपाल समावेश थिएन । समावेश नभएकोमा पर्यटन सम्बद्ध नेपाली निकायहरूका तर्फबाट चीन समक्ष आग्रह गरिएको थियो।

    कोभिड महामारी नियन्त्रण तथा रोकथामका उपायसहित पर्यटकीय एजेन्सीहरूले होटल, एयर टिकट लगायत व्यवस्थापन गर्नसक्ने सूचना जारी गरिएको माइक्रोब्लग वेइपोमा उल्लेख छ।