२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • पाल्पा दरबारको सौन्दर्यकरणका लागि ५७ घरटहरा हटाइने

    तानसेन- पाल्पा दरबार परिसर बाहिर रहेका घरसंरचना हटाइने भएको छ । दरबारको सौन्दर्यकरणका लागि शितलपाटी मूलढोला क्षेत्र वरपर र मखनटोल क्षेत्रमा रहेका ५७ घरटहरा भत्काउने निर्णय भएको तानसेन नगरपालिकाले जनाएको छ ।
    सोमबार बसेको तानसेन नगरकार्यपालिकाको नवौं बैठकले सर्वपक्षीय क्षेत्रबाट प्राप्त सुझाव र सल्लाह अनुसार घरटहरा हटाउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए । ‘पुरातत्व विभागको पत्र र यहाँको सर्वदलीय, सर्वपक्षीय छलफलको निष्कर्षका आधारमा कार्यपालिकाले दरबार क्षेत्रको सौन्दर्यकरण तथा पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि घरटहरा भत्काउने निर्णय गरेको छ । अब ३५ दिने सूचना जारी गरि गरि प्रक्रिया अगाडी बढ्छ । उनले भने ।
    पुरातत्व विभागले माघ १० गते तानसेन नगरपालिकालाई संरचना हटाउने सम्बन्धमा पत्र लेख्दै अव्यवस्थित शहरीकरणाको कारणले दरबारको मौलिक स्वरूपलाइ प्रतिकूल असर पर्ने गरि दरबारको पर्खालमा जोडेर नयाँ संरचनाहरू बनेकोले तत्काल हटाइ दरकारको मौलिक स्वरूप कायम गर्न तानसेन नगर विकासका लागि संरचनाहरु हटाउन सहजिकरणको अनुरोध गरेको थियो ।