२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • पूर्व प्रधानमन्त्री ओलीद्धारा लुम्बिनी भ्रमण 

    लुम्बिनी -पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन्। पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी ९भिक्षु मैत्तय०, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्वागत गरे ।
    ओलीले लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गरे। उनले मायदेवि मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्ति दीपको समेत भ्रमण गरेका थिए । पूर्व प्रधानमन्त्रीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराईएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
    पूर्वप्रधानमन्त्री ओलीले आफैले शिलान्यास गरेको अन्र्तराष्ट्रिय ध्यान केन्द्रको समेत निरीक्षण गरे । उक्त अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको समेत सहभागिता रहेको थियो । मुख्यमन्त्री गिरीलाई समेत कोषले स्वागत गरेको थियो ।