२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • तिलौराकोटलाई विश्व सम्पदा सूचीकृतका छलफल

    तौलिहवा -कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेज तयार पार्ने कार्यलाई तीव्रता दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरुको कार्यशाला गरी विश्व सम्पदा सूचीमा सूचीकृतका लागि दस्तावेज तयार पार्ने कामलाई तीव्रता दिएको हो ।

    शनिबार र आइतबार अन्तर्राष्ट्रिय विज्ञ डा। डंकन मार्सल ९अष्ट्रेलिया०, प्रा।डा। रविन कनिङहम ९बेलायत०, प्रा। डा। यूकियो निसिमुरा ९जापान० सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रा।डा। राजेश राई, डा। इनु प्रधान, सृष्टिना श्रेष्ठ, राजेन्द्र सुवाल, यनी जोशीको उपस्थितिमा मनोनयन दस्तावेजका लागि विधागत विषयमा गहन छलफल गरिएको छ ।

    मनोनयन दस्तावेजमा पुरातात्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य र पुरातात्वविद् बसन्त विडारीले विज्ञहरुले निकालेको निष्कर्षमा सुझाव दिएका थिए ।

    लुम्बिनी विकास कोषका प्रशासकीय अधिकृत ज्ञानिन राईको संयोजकत्वमा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुसँग छलफल अगाडि बढाइएको छ ।

    आइतबार विज्ञहरुको कार्यशालामा सरोकारवाला सरकारी निकायका प्रतिनिधि र सरोकारवालाहरुसँग पनि छलफल गरिएको छ ।
    छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय ९अवधेशकुमार त्रिपाठी० ले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा जतिसक्दो चाँडो सूचीकृत गराउने गरि मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुलाई आग्रह गरे । उनले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुँदा कपिलवस्तुको ऐतिहासिक र पुरातात्विक महत्व विश्वले चिन्ने बताए ।

    कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेले तिलौराकोटलाई विश्व सम्पदाका रुपमा चिनाउन आवश्यक रहेकाले विज्ञहरुलाई जतिसक्दो चाँडो प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।
    पुरातात्व विभागका महानिर्देशक दामोदर गौतमले विज्ञहरुबाट मनोनयनका लागि महत्वपूर्ण सुझावहरु आएको बताउँदै सीमा क्षेत्रका बारेमा प्रदेश सरकार, स्थानीय सरकार एंव स्थानीयहरुको समेत सहयोग आवश्यक हुने बताए ।

    संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव डा। सुरेश सुरेश श्रेष्ठले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका आवश्यक प्रमाणहरु जुटाउने काम भइरहेको उल्लेख गरे । उनले सन् १९९६ सालमै तिलौराकोट सम्भाव्य विश्व सम्पदा सूचीमा रहेकाले सन् २०२४ सम्ममा सूचीकृत गर्ने र त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताए ।

    कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले सम्पदामा सूचीकृतका लागि कोषका तर्फबाट विदेशी विज्ञ मनोनित गरिसकेको बताउँदै स्थानीय रुपमा वातावरण अनुकुल बनाउने काममा स्थानीय सरकारको सहयोग हुनुपर्ने बताए ।