२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • ‘लुम्बिनी जाउँ’ टिकटक प्रतियोगिता हुने

    लुम्बिनी – बुद्ध जयन्तीको अवसरमा लुम्बिनी जाउँ भन्ने शिर्षकमा टिकटक प्रतियोगिता हुने भएको छ । लुम्बिनी विकास कोषको लुम्बिनीमा सम्पन्न बोर्ड बैठकले आकर्षक पुरस्कारको व्यवस्था गरेर टिकटक प्रतियोगिता गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले बुद्ध जयन्तीको अवसरमा बुद्ध संस्कृती अवलम्बन गर्ने सबैलाई फ्री भिसा प्रदान गर्न नेपाल सरकारसँग पहल गर्ने निर्णय पनि गरेको हो । कोषले निर्माण भएको चुहिने भवन सम्बन्धित निर्मार्ण कम्पनीले तत्काल मर्मत सम्भार गराउने भएको छ । मर्मत सम्हार नगरे कारवाही गरिने संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले जानकारी दिए । कोषका उपाध्यक्षको नेतृत्वमा लुम्बिनीमा सरसफाइ अभियान सञ्चालन गर्ने समेत निर्णय भएको छ ।