२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • लुम्बिनीको अन्तराष्ट्रिय सभाहलमा पानी चुहियो

    तत्काल मर्मत नगरे निर्माण कम्पनीको भुक्तानी रोकिने

    लुम्बिनी- लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रमा पानी चुहिएको छ। चैत १७ गते परेको पानीले सभाहलको छानो चुहिएपछि लुम्बिनी विकास कोषले तत्काल मर्मत गर्न निर्माण कम्पनी लुम्बिनीरअर्घाखाँचीरबाबुल जेभिलाई निर्देशन दिएको छ। कोषले निर्माण कम्पनीलाई पत्र पठाउँदै तत्काल भरपर्दो मर्मत गरि प्राविधिक रुपमा पानी नचुहिने प्रत्याभुति गर्न भनेको हो।
    साथै, मर्मत कार्य सम्पन्न नहुन्जेलसम्म अन्तिम विल भुक्तानी रोक्का राखिने कोषका सदस्य सचिव सानुराजा शाक्यद्वारा जारी पत्रमा उल्लेख छ।

    यसअघि चैत १७ गते कोषका अध्यक्ष तथा संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बसेको बैठकले चुहिएको सभाहलको भवन सम्बन्धित निर्माण कम्पनीलाई मर्मत गराउने अन्यथा कारबाही गर्ने निर्णय गरेको थियो।

    ५ हजार जना क्षमताको सभाहलको केपी ओली प्रधानमन्त्री भएको बेला २०७५ साल वैशाख १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन्।

    निर्माण सुरु भएको ४ वर्षपछि गत जेठ २ गते बुद्ध जयन्तीको दिन तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सभाहलको उद्घाटन गरेका थिए।