२०८१ आश्विन २१ गते, सोमबार ११:०८
  • नेपाल एयरलाइन्सले जेठ दोस्रो सातादेखि भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्ने

    काठमाडौँ नेपाल एयरलाइन्सले आगामी जेठ दोस्रो सातादेखि भैरहवाबाट भारतको दिल्ली र मलेसियाको क्वालाम्पुर उडान गर्ने भएको छ । भैरहवालाई दुई गन्तव्यमा जोड्न टाक्स फोर्स गठन गरिएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
    आवश्यक उडान अनुमती, जनशक्ति , प्राबिधिक तयारी, उडान दलको तयारी, बजार ब्यवस्थापन लगायत कार्यलाइ तिब्रता दिई कार्य गर्न नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षज्यूबाट एक स्पेशल टास्क फोर्श गठन गरिएको हो।
    आवश्यक उडान अनुमतीको लागि मलेसिया र भारत एवं हवाइमार्गमा पर्ने सम्बन्धित देशहरूमा समन्वयको कार्य अगाडि बढाइसकिएको र अनुमती प्राप्त हुनासाथ टिकट बुकिङ खुल्ला गरिने पाण्डेले जानकारी दिए ।
    सुरुमा नेपाल एयरलाइन्सले हप्ताको एउटा उडान गर्ने छ पछि उडान बढाउदै लगिने बताइएको छ । भैरहवाबाट अहिले कुवेतको जजिराले मात्र नियमित उडान गरिरहेको छ ।