२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • गैडाकोटमा मौलाकाली केबलकारको उद्घाटन

    गैडाकोट – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवलपरासी पूर्वको गैडाकोटमा रहेको मौलाकाली केबलकारको उद्घाटन गरेका छन् । गैडाकोटबाट प्रसिद्ध धार्मिक स्थल मौलाकाली मन्दिर जान आउन सकिनेगरी केबलकार निर्माण गरिएको छ ।
    केबलकारको उद्घाटन गर्दै प्रचण्डले केबलकार निर्माणले धार्मिक पर्यटनसँगै सांस्कृतिक र आर्थिक रुपान्तरणकारी परियोजना रहेको उल्लेख गरे ।

    उनले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए ।
    प्रचण्डले यस क्षेत्रलाई विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । प्रचण्डले विदेशमा गएका लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय गरेसँगै युवा त्यसबाट लाभान्वित भएको बताए।


    केबलकार आईएमई ग्रुप अन्तर्गतको मौलाकाली केबलकार प्रालिले सञ्चालनमा ल्याएको हो । गैंडाकोट–१ देखि माथि मौलाकाली मन्दिरसम्म एकतर्फी १२ सय मिटर रहेको केबलकारमा दुईवटा सामान बोक्नेसहित १४ वटा गोन्डोला रहेका छन् । १२ सय मिटरको दुरीमा रहेको केबलकारमा ६ वटा स्टेसन टावर राखिएको छ ।
    खासगरी धार्मिक पर्यटक ९तीर्थयात्री हरुकै सुविधाका लागि भनेर केबलकार बनाइएपनि मौलाकाली केबलकार प्रालिले यसलाई मल्टी व्यवसायको रुपमा विकास गर्नेगरि अघि बढेको छ । केबलकारको बेस स्टेसनमा सामान्य होटलसहित टप स्टेसनमा सुविधासम्पन्न तीन तारे होटल निर्माण गर्दैछ । सो होटल निर्माण कार्य अहिले जारी रहेको मौलाकाली केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।