२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • गत अप्रिलमा ४१६ चिनिया पर्यटक लुम्बिनी आए


    लुम्बिनी – अघिल्लो महिनाको तुलनामा गत अप्रिल महिनामा बुद्धजन्मस्थल लुम्बिनीमा चिनिया पर्यटक बढेका छन् । सन २०२३ को अप्रिल महिनामा मात्र ४१६ चिनिया पर्यटक लुम्बिनी आएको लुम्बिनी विकास कोषले जनाएको छ ।

    यो वर्षको जनवरीमा १८, फेबुररीमा ११५, मार्चमा २३६ चिनिया पर्यटक लुम्बिनी आएका हुन् । कोरोना सुरु भएपछि लुम्बिनीमा चिनियाहरुको आगमन ठप्प थियो । २०२० को जनवरीमा २१८३ चिनिया लुम्बिनी आएका थिए । त्यस यता चिनिया पर्यटकको आगमन ठप्प जस्तै थियो ।

    २०२१ को वर्षभर १३९ चिनबाट पर्यटक आउँदा २०२२ मा कुल ४३२ जना लुम्बिनी आएका थिए । कोरोनाको प्रभाव कम भएपछि चिनिया पर्यटकहरु लुम्बिनीमा बढ्न थालेका हुन् । तर २०१९ को अवस्थामा पुग्न केही समय लाग्ने देखिन्छ । २०१९ भर लुम्बिनीमा २१ हजार बढि चिनिया लुम्बिनी आएका थिए । सो वर्ष अप्रिलमा मात्र १८२१ जना आएका थिए ।