२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सम्पन्न, लुम्बिनीलाई बौद्ध परिक्रमाको सुरुवात बिन्दुको रूपमा प्रवर्द्धन गरिने

    लुम्बिनी-दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट –२०२३ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई बौद्ध परिक्रमाको सुरुवात बिन्दु र शान्ति गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने निर्णय गरेको छ। विहिवारदेखि सुरु भएको बुद्धिष्ट ट्राभल मार्ट सात बुंदे लुम्बिनी घोषणापत्र जारी गर्दै शनिवार सकिएको हो। घोषणा पत्रमा लुम्बिनी र अन्य बौद्ध स्थलहरूमा पर्यटकको बसाइ विस्तार गर्न विभिन्न गतिविधिहरू सहितको साझा प्याकेज विकास गर्ने, पर्यटकहरूलाई अन्तरराष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिहरूलाई प्राथमिकता दिने उल्लेख छ।

    यस्तै बुद्धसंग सम्बन्धित क्षेत्रका चार प्रमुख पवित्र स्थलहरु लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्ध स्थलहरूमा विस्तार गर्ने, प्रवद्र्धनको लागि साझा कथाहरू विकास गर्ने बताइएको छ। भैहरावको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा कनेक्टिभिटीको प्रवर्द्धन र विस्तार गर्ने लगायतका विषयहरु पनि घोषणापत्रमा समेटिएका छन्।

    नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना, नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल नाट्टाको संयोजन तथा लुम्बिनी विकास कोष, नेपाल वायुसेवा निगमको सहकार्य एवं अन्य संघ संस्थाहरुको सहयोगमा लुम्बिनीमा मार्टको दोस्रो संस्करण आयोजना गरिएको थियो।

    तेस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट आयोजना सन २०२४ को मार्च २४ मा गरिने भएको छ।मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिहरूको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमको रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रग्मीले बताए। उनले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताहरुको उपस्थितीले लुम्बिनीको पर्यटनलाई थप चलायमान बनाउने समेत जानकारी दिए।

    लुम्बिनी विश्वविद्यालयमा डीन डा.मानिकरत्न शाक्यले लुम्बिनीमा आयोजना गरिएको अन्तरारष्ट्रिय मार्टले यस बुद्ध दर्शन तथा यस क्षेत्रको प्रचारमा थप सहयोग पुग्ने बताए।

    कार्यक्रम समापनका अवसरमा पर्यटन विज्ञ प्रा.डा. हिमलाल घिमिरे, नाट्टाका अध्यक्ष रमेश थापा, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल लगायतले मार्ट नेपालको बुद्ध पर्यटनका लागि एउटा महत्वपूर्ण प्रडक्टका रुपमा सवकास हँदै गइरहको र यसले नेपालको समग्र पर्यटन चलायमान बनाउने उल्लेख गरे। मार्टका अवसरका विभिन्न क्षेत्रका बौद्ध स्कलरहरुले बुद्ध दर्शन,बुद्ध पर्यटन बुद्धमार्गी देशहरुसंगको सहकार्य लगायका विभिन्न विषयमा सेशेनहरु सञ्चालन भएका थिए।

    मार्टमा नेपाल सहित भारत, मलेसिया, चीन, कोरिया , बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायत देशहरूबाट २८ वटा ट्राभल ÷ टूर कम्पनीहरु सहभागी रहेको नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टीपी भुसालले जानकारी दिए।