२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • जेठ ६ र ७ गते बुटवलमा पार्क सम्मेलन हुने

    बुटवल-बुटवलमा प्रथम पार्क सम्मेलन हुने भएको छ। मणिमुकुन्द सेन उद्धान अर्थात फूलबारी पार्कमा यही जेठ ६ र ७ गते हुने पार्क सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशभरका १ सय ५० पार्कबाट प्रतिनिधित्व हुने राष्ट्रिय पार्क सम्मेलन आयोजक समितिले आज गरेको पत्रकार सम्मेलनमा बताइएको थियो।

    उद्यान सम्बन्धी नीति निर्माण र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरि देशभरि छरिएर रहेका उद्यानको व्यवस्थाप र सञ्चालनमा समस्याको पहिचान र सामाधानका उपाय पत्ता लगाउनुका साथै संस्थागत विकास गर्ने उदेश्यले पार्क सम्मेलन आयोजना गरिएको आयोजक समितिका संयोजक तथा मणिमुकुन्द उद्यान संरक्षण समितिका अध्यक्ष खेमप्रसाद लुईटेलले जानकारी दिए ।
    यसबाट उद्यानबीचको पारस्परिक सम्बन्ध विस्तार भइ आपसी सहयोग र सहकार्य गर्न मद्दत पुगने उनले बताए।

    पार्क तथा उद्यान सञ्चालन तथा व्यवस्थापनको लागि त्यहाँका समस्याको पहिचान, समाधानको उपायको खोजी गर्न र आवश्यक कानुन निर्माणलाई जोड दिएर राष्ट्रिय पार्क सम्मेलन गर्न लागिएको आयोजक समितिका सदस्य तथा शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्र ९बनबाटिका० का अध्यक्ष वेलप्रसाद शर्माले बताए।

    दुई दिनसम्म सञ्चालन हुने पार्क सम्मेलनमा कानुनविद काशीराज दाहाल र डिआर घिमिरेले कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यस्तै आयोजक समितिका संयोजक लईटेलले अवधारणा पत्र प्रस्तुत गर्नुहुने छ भने त्यस उपर समुहगत छलफल तथा पार्कहरुको जिल्लागत अवस्थाको बारेमा छलफल गरिने सदस्य सचिव अनन्त सिलवालले जानकारी दिए।