२०८१ आश्विन २१ गते, सोमबार १३:१४
  • दुबै खुट्टा गुमाएका रोल्पाका हरि बुढामगरले गरे सगरमाथा आरोहण

    काठमाडौं– दुवै खुट्टा गुमाएका हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। पूर्व गोरखा सैनिकसमेत रहेका रोल्पाका बुढामगरले कृत्रिम खुट्टाको उनी सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

    उनले शुक्रवार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गरेका हुन् । बुढामगरले घुँडामाथिसम्म खुट्टा गुमाएका पहिलो आरोहीका रूपमा विश्व कीर्तिमान कायम गरेका छन् ।पर्यटन विभागका अनुसार घुँडामुनि खुट्टा नभएकामा उनी तेस्रो आरोही हुन् । यसअघि चिनियाँ पर्वतारोही सिया बोयू र न्युजिल्यान्डका मार्क इङ्ग्लिसले तिब्बती मोहडाबाट सगरमाथाको आरोहण गरेका थिए । बुढामगरले चार जना सहयोगीको मद्दतमा आरोहण पूरा गरेका हुन् ।

    बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढामगर कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने र आधार शिविरबाट ‘स्काई ड्राइभिङ’ गर्ने पहिलो व्यक्तिसमेत हुन् ।