२०८१ आश्विन २१ गते, सोमबार १३:१३
  • २८ औं पटक सगरमाथा आरोहण गरेर कामीरिताले बनाए नयाँ किर्तिमान

    काठमाडौं -पर्वतारोही कामीरिता शेर्पा २८ सौं पटक सगरमाथा आरोहण गरेका छन्। मङ्गलवार बिहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले नयाँ किर्तिमान कायम गरेका हुन्।

    यो सिजनमा दोस्रोपटक सगरमाथा चढेका उनले सबै भन्दा बढि पटकको आफ्नै किर्तीमान तोडेका हुन् । यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए।

    यही याममा पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कमीरितासँग बराबरी किर्तिमान बनाएका थिए। त्यसपछि मंगलबार फेरी सगरमाथा चढेर कामीरिताले नयाँ किर्तिमान राखेका हुन्।

    खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनासलु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।

    सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।