२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • पर्यटनका लागि ११ अर्ब ९६ करोड विनियोजन

    काठमाडौं– अर्थमन्त्री प्रकाशसरण महतले सोमबार आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गरेका छन्। संघिय संसदको संयुक्त बैठकमा उनले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्। जस मध्ये संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालय तर्फ ११ अर्ब ९६ करोड रुपैया विनियोजन गरेको महतले बताए।

    बजेट मार्फत उनले मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, पर्यटन प्रवद्र्धन र पूर्वाधारहरु विकास गरि राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बृद्धि गर्ने बताए। त्यस्तै सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बजेटमा उल्लेख छ। हवाइ सेवालाई सुरक्षित र गुणस्तरिय बनाइने बजेटमा भनिएको छ।