२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • रेसुंगा, स्वर्गद्वारी र दंगीशरण सहित २० स्थलको पूर्वाधार विकास र सौन्दर्यीकरण गरिने


    बुटवल – सरकारले पर्यटनको सम्भावना उच्च भएका धार्मिक सांस्कृतिक र एतिहासिक स्थलको विकास गरिने जनाएको छ। जस अन्तर्गत सातै प्रदेशका २० स्थानको पर्यटकिय विकास र सौन्दर्यकरण बजेट बक्तव्यमा उल्लेख छ।

    नयाँ गन्तव्यहरुको पहिचान र पूर्वाधार विकास तथा अन्य पर्यटन स्थलको पूर्वाधार निर्माणका लागि २ अर्ब १३ करोड रुपैया बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशसरण महतले बताए।

    लुम्बिनी प्रदेशमा प्युठानको स्वर्गद्वारी, दाङको दंगीशरण क्षेत्र र गुल्मीको रेसुंगा क्षेत्रको पूर्वाधार विकास एवं सौन्दर्यीकरण गर्ने बजेट मार्फत महतले बताए ।

    यस्तै कोशी प्रदेशको पाथिभरा, हलेशी, किराँतहरुको उद्गमस्थल तुवाचुङ्ग र चतरा बराह क्षेत्र, मधेश प्रदेशको गढिमाइ र छिन्नमस्ता, बाग्मती प्रदेशको दोलखा भिमसेन र दुप्चेश्वर महादेव, गण्डकी प्रदेशको मुक्तीनाथ, देवघाट, त्रिवेणीधामको पनि पर्यटकिय विकास गरिने उल्लेख छ। कर्णाली प्रदेशको छत्रेश्वरी भगवती, चन्दननाथ र पञ्चकोशी क्षेत्र तथा सुदुर पश्चिम क्षेत्रको बढिमालीका, घटालथान, खप्तड र मणिका मन्दिरको संरक्षण र सौन्दर्यीकरण गरिने बजेटमा भनिएको छ ।