२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस सञ्चालनमा भारतको सहमति, नयाँ रुटमा भएन सम्झौता

    भैरहवा – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टमु (आईएलएस० सञ्चालनका लागि भारतले सहमति जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुको भ्रमणको क्रममा भारतले आईएलएस सञ्चालनमा सहमति जनाएको हो।

    सहमति नहुँदा अन्तराष्ट्रिय विमानस्थलमा ठूलो लगानीमा जडान गरिएको आईएलएस उपकरण प्रयोगमा आउन सकेको थिएन।
    अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आईएलएस उडान–अवतरणको बाटो खुलेको छ।

    अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल ल्यान्डिङ सिस्टम (भीएफआर) बाट उडान भइरहेको छ । भीएफआर उडानमा जहाज अवतरणका लागि १,८०० देखि २,२०० मिटरको भिजिबिलिटी आवश्यक पर्छ। तर, आईएलएस जडान भएपछि प्रतिकुल मौसम अर्थात ८०० मिटर मात्रको भिजिबिलिटीमा पनि जहाजले अवतरण गर्न सकिन्छ।

    भारतले आईएलएस जडानमा अनुमति नदिँदा हुस्सु लागेको बेला, भिजिबिलिटी कम भएको समयमा जहाज उडान प्रभावित हुँदै आएको थियो। मौसमको कारण देखाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुस ६ देखि फागुन २५ गतेसम्म जजिरा एयरलाइन्स उडान नै बन्द गरेको थियो।

    यसैबीच नयाँ हवाइ रुटबाट भने भारतसँग कुनै ठोस सहमती भएको छैन। नेपालले भारतसँग महेन्द्रनगरबाट हवाई रुट पनि माग गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डले हवाई रुट मागेको भएपनि यस विषयमा भने ठोस सहमति भएन।

    अन्तर्राष्ट्रिय गन्तव्यबाट नेपाल भित्रिने विन्दु सिमराको प्रवेशविन्दु हो। तर, सिमराबाट भन्दा महेन्द्रनगर प्रवेश विन्दुबाट जहाजलाई २० मिनेट छिटो पर्छ। तर, महेन्द्रनगर रुट दिनभने भारतले मानेको छैन।