२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • लुम्बिनीमा ५ महिनामा तेस्रो मुलुकबाट ३४ हजार पर्यटक आए


    लुम्बिनी– पछिल्लो ५ महिनामा तेस्रो मुलुकबाट बुद्ध जन्मस्थल लुम्बिनीमा ३४ हजार ४१३ पर्यटक लुम्बिनी आएका छन्। साढे २ वर्ष कोभिडका कारण पर्यटन क्षेत्र समस्यामा परेको थियो। पछिल्लो केही महिना यता भने आशालाग्दो सुधार देखिएको छ।

    अघिल्लो वर्ष २०२२ भर तेस्रो मुलुकबाट २३ हजार ९४२ राहदानी बाहक पर्यटक लुम्बिनी आएका थिए । २०२३ सुरु भए यताको ५ महिनामा अघिल्लो वर्षको कुल संख्या भन्दा ११ हजार बढि पर्यटक लुम्बिनी आएका छन्।

    ५ महिनाको अवधिमा सबैभन्दा बढि थाइल्याण्डबाट ८ हजार २४७ पर्यटक लुम्बिनी आएका छन्। त्यसपछि श्रीलंकाबाट ५ हजार ७२१, म्यानमारबाट ५ हजार ३९८ पर्यटक लुम्बिनी आएका छन्। त्यस्तै भियतनामबाट ३ हजार २३५, दक्षिण कोरियाबाट २ हजार ९२९ र चिनबाट १ हजार २०८ पर्यटक बुद्धजन्मस्थल लुम्बिनीमा आएका हुन्। अन्य देशको संख्या हजार भन्दा कम छ।

    छिमेकी मुलुक भारतबाट भने पछिल्लो ५ महिनामा १ लाख ११ हजार पर्यटक लुम्बिनी आएका छन्। नेपाल भित्रैबाट २०२३ सुरु भएयता ३ लाख २४ हजारले लुम्बिनी भ्रमण गरिसकेका छन्।