२०८१ आश्विन २१ गते, सोमबार ०९:०८
  • प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी केबलकारको उद्घाटन


    बुटवल- प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। बुटवल उपमहानगरपालिका ३ को बमघाटमा रहेको ताम्रपत्र अनावरण गरि केबलकारको औपचारिक रुपमा अनावरण गरेका हुन्।त्यसपछि उनी बमघाटबाट केबलकार चढि पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुर पुगेका थिए। जहाँ औपचारिक समारोह गरिएको थियो।

    बसन्तपुरमा कामाख्या देविको मन्दिर स्थापना गरिएको छ। प्रधानमन्त्री प्रचण्डले कामाख्या मन्दिरको दर्सन पनि गरेका थिए।
    जेठ १५ गतेबाट केबलकारको व्यवसायीक सुरुवात गरिएको भएपनि औपचारिक उद्घाटन भने १० दिनपछि विहिवार भएको हो।

    बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ । २.६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा उत्कृष्ट मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला (यात्रु बोक्ने डिब्बा) रहेका रहेका छन् ।