२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • नेपाल एयरलाइन्सद्वारा मलेसिया-भैरहवा उडान सुरु

    भैरहवा -नेपाल बायुसेवा निगम(नेपाल एयरलाइन्स)ले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ। मलेसियाबाट आएको जहाज विहान पौने ९ बजे गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजबाट आएका यात्रुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्वागत गरेको थिए ।

    विमानस्थल उद्घाटन भएको १३ महिनापछि राष्ट्रिय ध्वाजाबाहक जहाजले उडान सुरू गरेको हो। ९७ जना यात्रु लिएर मलेसियाको राजधानी क्वालालम्पुरबाट जहाज आएको हो। जसमा ११ जना विदेशी रहेका थिए। नेपाल एयरलाइन जहाजमा आएका ९७ यात्रुमध्ये ३१ जना भैरहवा झरेका छन् भने बाँकी यात्रु सो जहाजबाटै काठमाडौ गएका छन्।

    जहाजमा रहेका मध्य ११ जना मलेसियाका पर्यटन व्यवसायी छन्। तत्काललाई जहाजले मलेसिया भैरहवा काठमाडौँ उडान गरेको छ

    जहाजमा रहेका मध्य ११ जना मलेसियाका पर्यटन व्यवसायी छन्। तत्काललाई जहाजले मलेसिया भैरहवा काठमाडौँ उडान गरेको छ।