२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • लुम्बिनीको बजेट: टुर गाइड लगायत पर्यटनसँग सम्बन्धित तालिमको लागि ७ करोड

    बुटवल -लुम्बिनी सरकारले पर्यटन क्षेत्रसँग सम्बन्धित सिपमुलक प्रशिक्षणको लागि ७ करोड रुपैया विनियोजन गरेको छ । टुर गाइड, ट्राभल एजेन्ट्स, हाउस किपिङ आदि प्रशिक्षण कार्यक्रम लगायत पर्यटन प्रर्वद्धनका बहु आयामिक क्रियाकलाप सञ्चालन गर्न सो रकम विनियोजन गरिएको आर्थिक मामिलामन्त्री धनबहादुर मास्केले बताए । पर्यटन क्षेत्रको विकासको लागि सरोकारवालाहरुको सहकार्यम यी प्रशिक्षण कार्यक्रम गरिने बजेट वक्तव्यमा उल्लेख छ ।