२०८१ आश्विन २१ गते, सोमबार ०९:१०
  • पर्यटन श्रमिकको पारिश्रमिक बढ्यो, गाइडदेखि सहयोगी सम्म कसको कति ?


    काठमाडौँ – पदयात्रा पर्यटनमा कार्यरत श्रमिकहरुको पारिश्रमिक बृद्धि भएको छ। आगामी साउन १ गतेदेखि लागु हुने गरि पर्यटन श्रमिकहरुको परिश्रमिक बढाइएको ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल टानले जनाएको छ।

    जस अनुसार पथ प्रदर्शक अर्थात गाइडको पारिश्रमिक दैनिक ३ हजार १ सय रुपैया हुने छ । त्यस्तै साहयक पथ प्रदर्शकको २ हजार ८ सय, सहयोगी पथ प्रदर्शकको २ हजार ५ सय र सहयोगी श्रमिकले दैनिक २ हजार ४ सय रुपैया पाउने छन्। पर्वतिय पर्यटन क्षेत्रमा संलग्न विभिन्न ट्रड युनियनहरुले पारिश्रमिक बढाउन माग गर्दै आएका थिए। टान र ट्रेढ युनियनको बिचमा पटक पटक छलफल समेत भएको थियो ।

    सबै किसिमका पदयात्रा क्षेत्रमा समान किसिमको दररेट लागु हुने टानका महासचिव विनोद सापकोटाले जानकारी दिए । यस अघि ठाउँ अनुसार फरक फरक दररेट थियो । ५ वर्षपछि पर्यटन श्रमिको पारिश्रमिक बढेको हो । यस अघि २०७५ सालमा पारिश्रमिक बढेको थियो ।