२०८१ आश्विन २१ गते, सोमबार ११:११
  • गुल्मी आउँदै गरेको निगमको जहाज मौसमका कारण अवतरण नगरि काठमाडौं फर्कियो


    गुल्मी – काठमाडौँबाट गुल्मीको रेसुंगा विमानस्थलको लागि उडेको नेपाल बायुसेवा निगमको जहाज विचबाटै काठमाडौं फर्किएको छ । निगमको ट्वीनटर जहाज विहान सवा ६ बजे काठमाडौँबाट उडेको थियो।

    जहाज पाल्पा माथि आउँदा मौसम प्रतिकुल भएपछि काठमाडौँ फर्किएको रेसुंगा विमानस्थलमा निगमका स्टेसन प्रमुख रहेका सुमन थापाले जानकारी दिए। ‘काठमाडौँबाट उडान भयो । विचको मौसम अलि प्रतिकुल भयो। ल्याण्ड गर्न सकेन।’ उनले भने ‘पाल्पाको सेरोफेरोमा आएर डाइभर्ट भएर काठमाडौँ नै गयो।’ आजको उडान भोलीलाई सर्न सक्ने सम्भावना भएको उनले बताए।

    गत बैशाख २९ गतेबाट हप्तामा एक दिन शुक्रबार उडान हुँदै आएको थियो । यात्रुको चाप बढेपछि बुधबार पनि उडान थप्ने निर्णय गरेको थियो। जसअनुसार अघिल्लो बुधबार पनि उडान गर्ने तय भएको थियो। तर टिकट काटेर यात्रु तयार भएपनि मौसमका कारण काठमाडौँबाट जहाज उडेको थिएन । यो पटक उडान भएपनि विचबाटै फर्किएको हो। जहाज काठमाडौँबाट १६ जना यात्रु लिएर उडेको थियो । यताबाट पनि १६ जना नै टिकट बुक गरेर उडानको तयारी अवस्थामा थिए।