२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • रोल्पाको युद्ध र रुकुमको शान्ति संग्रहालयलाई ५०–५० लाख बजेट

    बुटवल -लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्दको सम्झनामा स्थापित २ संग्रहालयको लागि ५०–५० लाख रुपैया बजेट विनियोजन गरेको छ । द्वन्दकालमा अति प्रभावित जिल्लाको रुपमा रहेका रुकुम पुर्वको भूमे गाउँपालिकामा रहेको चुनवाङ शान्ति संग्रालय र रोल्पाको त्रिवेणी ७ मा रहेको तिला जनयुद्ध संग्रालयलाई सो बजेट उपलब्ध गराइएको हो।

    दुबै संग्रालयले चालु अनुदान तर्फ १० लाख रुपैयाका दरले प्रदान गरिने भएको छ । त्यस्तै पूजिगत अनुदान तर्फ ४० लाखका दरले दिइने लुम्बिनी प्रदेशको बजेट पुस्तीकामा उल्लेख छ ।