२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • मलेसियाबाट आएको तेस्रो उडानमा ३६ यात्रु भैरहवा झरे


    बुटवल – नेपाल बायु सेवा निगमले आज मलेसिया -भैरहवा तेस्रो पटक उडान गरेको छ। २ हप्ता अघि निगमले गत जेठ ३० गतेदेखी मलेसिया भैरहवा काठमाडौँ उडान थालेको हो। जस अनुसार आज तेस्रो उडान भएको हो।

    तेस्रो उडानमा आएका कुल ९६ यात्रु मध्ये ३६ जना भैरहवा झरेको नेपाल एयरलाइन्सका गौतम बुद्ध विमानस्थल प्रमुख प्रकास अधिकारीले बताए । बाँकी ६० यात्रु भने काठमाडौँ गएका छन्। क्वालालाम्पुर भैरहवा काठमाडौँ प्रत्येक मंगलबार विहान उडान हुँदै आएको छ ।

    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन भएको एक वर्ष भन्दा बढि भइसके पनि अहिले नेपाल एयरलाइन्सले मात्र हप्ताको एक दिन अन्तराष्ट्रिय उडान गरिरहेको छ । यस अघि केही महिना कुवेतको जजिरा एयरवेजले उडान गरेको भएपनि अहिले गरेको छैन ।