२०८१ आश्विन २१ गते, सोमबार ११:११
  • भैरहवामा पाँच तारे ‘सिद्धार्थ भिलासा होटल’ सञ्चालनमा


    बुटवल- रुपन्देहीको भैरहवामा पाँच तारे सिद्धार्थ भिलासा होटल सञ्चालनमा आएको छ। सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटिले करिब साढे २ अर्बको लगानीमा पाँच तारे होटल सञ्चालनमा ल्याएको हो।

    होटलमा डिलक्स, एक्ज्युकेटिभ स्विट, स्विट र पे्रसिडेन्सियल स्विट गरि ८५ वटा कोठा रहेका छन्। चार विघा क्षेत्रफलमा फैलिएको सिद्धार्थ भिलासा होटलमा लबि लौउन्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेन्ट तथा स्विमिङ पुल, फिटनेस, जिम, स्पा, साउना, र ज्याकुजी सहितको हेल्थ क्लब सेवा, लन टेनिस कोर्ट, गार्डेन, रहेको छ।

    त्यस्तै १२ सय जना अट्ने सभाहल, ३ वटा सेमिनार हल एउटा मिटिङ रुम क्यासिनो सञ्चालन सुविधा होटलमा रहेको सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटीका सिइओ कृष्ण न्यौपानेले विहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। होटलमा ३ सय जनाले प्रत्यक्ष रोजगार प्राप्त गर्ने उनको भनाइ छ।

    २०५४ सालमा कैलालीको टिकापुरमा ग्रामिण स्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थको व्यवसायिक यात्रा पाँच तारे होटलसम्म आइपुगेको सिद्धाथ विजनेस ग्रुपका संस्थापक अध्यक्ष चिन्तामणी न्यौपानेले बताए। यो अवधिमा देशका विभिन्न ठाउँमा ३२ भन्दा बढि हस्पीटालिटी सेवा र अन्य व्यवसायीक केन्द्रका शाखा विस्तार गर्दै सेवा दिन सफल भएको उनले जानकारी दिए।

    २०७६ बैशाख १ गते निर्माण कार्य सुरु गरि चार वर्षमा होटल सञ्चालनको अवस्थामा आइपुगेको अध्यक्ष न्यौपानेले बताए । होटलको केही सेवा सुरु भइसकेको र आगामी असोज महिनामा भव्य उद्घाटन गरेर पूर्ण सञ्चालनको तयारीमा रहेको गु्रपले जानकारी दिएको छ। पाँच तारे होटल सञ्चालनसँगै सिद्धार्थ ग्रुपको एउटा सपना साकार भएको संस्थापक अध्यक्ष न्यौपानेको भनाइ छ ।