२०८१ आश्विन २१ गते, सोमबार १०:५८
  • प्राधिकरणका महानिर्देशकलाई मन्त्रीले फेरि सोधे स्पष्टिकरण

    काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण का महानिर्देशक प्रदीप अधिकारीलाई पुनः स्पष्टीकरण सोधेको छ।
    यस अघि सोधेको स्पष्टिकरणको जवाफ अधिकारीले नदिएपछि फेरी स्पष्टिकरण सोधिएको हो। पहिलो पटक यही असार ११ गते मन्त्रालयले ९ बुँदे स्पष्टिकरण सोध्दै उनलाई ७ दिन भित्र जवाफ पेश गर्न भनिएको थियो। तर महानिर्देशक अधिकारीले अटेर गरि जवाफ दिएनन्।

    पहिलोपटक नौबुँदे स्पष्टीकरण सोधिएको थियो। जवाफ पेस गर्न सात दिनको समय दिइएको थियो। तर, महानिर्देशक अधिकारीले उक्त समयमा अटेरी गरेर जवाफ दिएनन्। सामाजिक सञ्जालमार्फत स्पष्टीकरण सोधिएको भन्दै उनले त्यसको जवाफ आफूले दिन नसक्ने बताएका थिए।

    बिहीबार पुनः स्पष्टीकरण सोध्दै मन्त्रालयले जवाफ नदिनुको कारण स्पष्ट रूपमा उल्लेख गरेर तीन दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ । स्पष्टिकरणको जवाफ नदिए कानुनबमोजिम अघि बढ्ने मन्त्रालयले जनाएको छ ।