२०८१ आश्विन २१ गते, सोमबार १३:१४
  • मणिमुकुन्द उद्यान समितिद्वारा अधिवेसनको पूर्वसन्ध्यामा वृक्षरोपण

    बुटवल – मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) ले आफ्नो पाँचौं अधिवेसनको पूवसन्ध्यामा विहिवार वृक्षारोपण गरेको छ । उद्यान परिसरभित्र विभिन्न प्रजातिका झण्डै पाँच सय विरूवा लगाइएको समितिले जनाइएको छ ।

    वृक्षरोपणको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले उद्यानको थप  विकासको लागि उपमहानगरको तर्फबाट सक्दो सहयोग गर्ने बताइन्।
    उनले फूलबारी आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेकोले यसको अझै विकास गर्न आवश्यक रहेकोमा जोड दिइन।

    कार्यक्रममा समितिका अध्यक्ष खेमप्रसाद लुइँटेलले एक वर्षको अवधिमा फूलबारीमा एक हजार बिरुवा लगाएको भन्दै विस्थापित पुराना रूखको ठाउँमा हरियाली गराउने लक्ष्यसहित कार्यक्रम गरिँदै आएको बताए।

    सो अवसरमा रुद्राक्ष, अमला, जामुन, कल्की, धुपी, सुगर चट, एभोगार्डो, तेजपत्ता लगायत विरूवा रोपिएको वृक्षारोपण कार्यक्रम संयोजक माधव नेपालले जानकारी दिए। बुटवल सामुदायिक वन उपभोक्ता समूह (१–४) का अध्यक्ष बाबुराम पौडेल, वडा नम्बर २ का वडा अध्यक्ष सुनील शाक्यले उद्यानको थप पर्यटकिय विकास गर्नुपर्ने उल्लेख गरे ।

    मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) को पाँचौं अधिवेसन तथा १५ औं साधारणसभा यही असार २३ गते शनिवार हुँदै छ।