२०८१ आश्विन २१ गते, सोमबार ११:०८
  • जजिराले भैरहवाबाट फेरी उडान सुरु गर्दै

    बुटवल -जजिरा एअरवेजले भैरहवाबाट फेरी उडान थाल्ने भएको छ। पटक- पटक उडान स्थगित गर्दै आएको जजिराले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको हो। उडान सुरु गर्ने जानकारी गराएको तर मिति तय नभएको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। ‘उडान थाल्छु भनेर जानकारी आएको छ, तर डेट फिक्स भएको छैन।’ उनले भने ‘नेपालको पर्यटन सिजन भनेको सेप्टेम्वर अक्टोवर हो। सायद त्यसबेलाबाटै उडान सुरु हुन्छ होला।’

    २०६९ जेठ २ गते गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो। उद्घाटनसँगै जजिराले भैरहवाबाट उडान थालेको थियो। तर मौसमको कारण देखाउँदै गत पुसदेखी फागुनसम्म उडान स्थगित गरको थियो। फागुनबाट उडान सुरु गरेको जजिराले जेठबाट व्यवसायिक कारण देखाउँदै उडान रोकेको छ।

    जजिराले भैरहवासँगै पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पनि उडान गर्ने बताएको प्राधिकरणका प्रवक्ता निरौलाले जानकारी दिए। पोखरा अन्तराष्ट्रिय विमानस्थल गत पुस महिनामा उद्घाटन भएको हो। असार ६ गते चिनियाँ जहाज सिचुवान एयरलाइन्सले चार्टर उडान गरेको थियो । त्यस बाहेक अरु अन्तराष्ट्रिय उडान भएको छैन।