२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • योगिकुटीको देवस्थल मन्दिरमा मणि उजेशद्वारा नौ ग्रह जलकुण्ड बाटिका स्थापना

    बुटवल– बुटवलको योगिकुटीमा रहेको देवस्थल मन्दिरमा नौ ग्रह जलकुण्ड बाटिका स्थापना गरिएको छ। दर्शनार्थीलाई जल चडाउनुका साथै नौ ग्रहको पहिचान र स्थानीय स्तरमा आउने चराचुरुङ्गेका लागि पिउने पानीका सहजताका लागि लायन्स क्लव आफ बुटवल मणि उजेशले मन्दिर परिषरमा जलकुण्ड बाटिका स्थापना गरेको हो।

    मणि उजेशले जलकुण्ड स्थापना गरि दिएर मन्दिर आउने दर्शनार्थीलाई सकारात्मक उर्जा थपि दिएको मन्दिर समितिका अध्यक्ष अशोक गुरुङ्गले जानकारी दिए।क्लबले सामाजिकसँगै विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको र हाल देवस्थल मन्दिर परिषरमा नौ ग्रह जलकुण्ड स्थापनासँगै मन्दिर समितिलाई हस्तान्तरण गरिएको लायन्स बुटवल मणि उजेशकी अध्यक्ष रितु गुरुङ्गले बताइन्। नौ ग्रह कुण्ड स्थापनासँगै मन्दिर परिषरमा वृक्षारोपण समेत गरेको उनले जानकारी दिइन्।

    कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ पीका फष्ट भाईस डिष्ट्रिक गर्भनर पुरुषोत्तम प्राधानाङ, चार्टड प्रसिडेन्ट सृष्टि गुरुङ, कार्यक्रम संयोजक सोनाली गुरुङ, एलिना वुद्धचार्य लगायतले असल कार्यको सुरुवात मनबाट गर्नु पर्ने भन्दै धार्मिक कार्यमा लिन हुनु असल विधी भएको बताएका थिए। सो अवसरमा मन्दिर परिषरमा बर, पिपल, पसाल, अमला, आक, स्वामी, चन्दन लगायतका विरुवा रोपिएको मणि उजेशका सचिव सिमा बस्याल पाण्डेले जानकारी दिइन्।