२०८१ आश्विन २१ गते, सोमबार ०९:११
  • नाट्टा नवलपरासी (पश्चिम) गठन, अध्यक्षमा भोला पराजुली चयन

    परासी -नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स नाट्टा नवलपरासी (पश्चिम) गठन भएको छ। भुमहीमा भएको प्रथम जिल्ला भेलाले भोला पराजुलीको अध्यक्षमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो। पराजुली हेमलक इन्टरनेश्नल टुर एण्ड ट्राभलका सञ्चालक हुन्।

    नाट्टा नवलपरासी पश्चिमको उपाध्यक्षमा नारायणप्रसाद पाण्डे, महासचिवमा कृष्ण ढकाल, कोषाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ तथा सदस्यहरुमा कृष्ण भण्डारी, विकास भण्डारी, नबिन्द्र बस्याल, सुरज बस्याल लगायत रहेका छन्। नवनिर्वाचित अध्यक्ष पराजुलीले पश्चिम नवलपरासी पर्यटकीय हिसावले महत्वपूर्ण जिल्ला भएकाले सबै व्यवसायी मिलेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिए।

    नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नवलपरासीको पर्यटन प्रवद्र्धनमा यो समितिले परिवर्तनको आभास दिने आशा राखेको बताइन्। यस्तै नाट्टा लुम्बिनीले अघि सारेको महाआरती, शालिग्राम महोत्सव, हाइकिङ, रानीमहल ट्राभल मार्ट लगायतका कार्यक्रमहरुलाई जिल्लाको साथ पाउने विश्वास व्यक्त गरिन्।

    कार्यक्रममा नाट्टा लुम्बिनीका बरिष्ठ उपाध्यक्ष चन्द्र थापा, द्वितीय उपाध्यक्ष कुलचन्द्र पाण्डे, कोषाध्यक्ष सुजित श्रीवास्तव, कार्यकारी सदस्य सिता बस्याल तथा जिल्लाका पर्यटन व्यवसायीहरु सहभागी थिए।