२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • लुम्बिनी आइ ल्हारक्याले उपाध्यक्षको पदभार सम्हाले

    “लुम्बिनीको इज्जत जाने कुनै काम गर्दिन”

    लुम्बिनी – लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले पदभार ग्रहण गरेका छन् । विहिवार लुम्बिनी आइ कोषको कार्यालयमा पुगि उनले औपचारीक रुपमा कार्यभार समालेका हुन ।
    कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर उपाध्यक्ष लामालाई स्वागत गरेका थिए।

    कार्यभार सम्हालेसँगै उनले बाढिको जोखिममा रहेको बाढिको कारण कुषाणकालिन इट्टाले बनेको इनारको उद्धार उत्खनन गर्ने निर्णय सदर गरेका छन्।  बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया स्थित दानव नदी किनारमा कुषाणकालिन इट्टाले बनेको इनार जोखिममा परेकाले उद्धार उत्खनन गर्ने कोषले बताएको थियो ।
    लामाले लुम्बिनीको गरिमालाई उच्चो राख्दै काम गर्ने प्रतिबद्धता जनाउँर्दै  गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनी जस्तो पवित्र ठाउँको बदनाम नगर्ने बताए।

    आफू लामो समयदेखि बुद्धमार्गमा हिड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको भन्दै उनले उपाध्यक्षको भूमिकामा रहदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताए। लामाले बुद्धजन्मस्थलाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरि काम गर्न आफू पदाधिकारी, कर्मचारी र स्थानीयहरुसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गरे । ‘मान्छे हो, कहिलेकाँही बुझाईमा समस्या हुनसक्ला तर, मेरो बुद्धि विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन, व्यक्तिगत लाभ लिने काम गर्नेछैन’ उनले भने ।

    उपाध्यक्ष लामाले विश्वमा मानव रहदासम्म बुद्ध र लुम्बिनीको महत्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरु प्रयोग गर्ने बताए।
    सो अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण० ले बौद्धदर्शमा विद्यावारिधी गरेका अनुभवी व्यक्तिलाई उपाध्यक्षका रुपमा पाएको भन्दै लुम्बिनी बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताए।

    लुम्बिनीका बाँकी गुरुयोजना, लुम्बिनीलाई विश्वभका बौद्धधर्माम्बलम्बीहरुको आस्थाको केन्द्रका रुपमा विकास गर्न काम गरेर नतिजा दिनुपर्ने उनले बताए ।
    नेकपा माओवादी केन्द्रका नेता एंव पूर्वमन्त्री वकिल मुसलमानले डा। ल्हारकाल लामा काम गर्ने व्यक्ति भएको बताउँदै काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

    कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सिमति साधन श्रोतबाट काम भइरहेकाले अब बाँकी कामहरु नवनियुक्त उपाध्यक्षको नेतृत्वमा हुने विश्वास लिए।

    यसअघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी)को कार्यकाल साउन ९ गते सकिएपछि प्रचण्ड नेतृत्वको सरकारले साउन १६ गते  डा।लामालाई उपाध्यक्षका रुपमा नियुक्त गरेको हो । पूर्व राज्यमन्त्री, संविधानसभा सदस्य समेत रहेका  डा। लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् ।