२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • पर्यटन सम्बन्धि ‘बीएचटीएम’ पढाइ, अध्ययन पुरा नगरे पनि सीपको प्रमाणपत्र

    ‘होटल प्रतिष्ठान र तालिमकेन्द्रहरु पनि विश्वविद्यालयको हिस्सा’

    श्रीप्रसाद भट्टराई

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा केही वर्षदेखी ब्याच्लर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम) पढाइ भइरहेको थियो। अहिले चाँही हामी होटलको अध्ययन र ट्राभल टुरिजमको एकिकृत पाठ्यक्रमको रुपमा यसलाई विकास गरेका छौं। काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेपछि व्याचलर अफ हस्पिटालिटी एण्ड टुरीजम म्यानेजमेन्ट (बीएचटीएम)को कार्यक्रम सुरु भएको हो।

    काठमाडौँ विश्वविद्यालयको विश्वसनीयता पनि बढी देखिएको छ। सिकाइ प्रक्रिया अरु विश्वविद्यालय भन्दा अलि फरक छ। अरुले पनि सजिलैसँग अनुकरण गर्ने खालको मोडालिटीहरु छन्। विशेषत यो ट्राभल एण्ड टुरिजममा मैले उहाँहरुसँग सहकार्य पनि गरें। व्याचलर इन प्रोफेश्नल हस्पीटालिटी भनेको विद्यार्थीले एकैपटक पढ्ने, सर्टीफाइ हुने र कमाउने तीनवटै कुरालाई कसरी लिएर जान सकिन्छ भन्ने कुरालाई व्यहवारमै उहाँहरुले विश्वविद्यालय स्तरबाट सुरुवात गरेका् हुनाले हामीले पनि त्यही कुरालाई सुरुवात गर्न खोजेका हौं।

    काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्दा बुटवलको बजारमा विद्यार्थीहरुलाई व्यवस्थापकिय र एकेडेमिक हिसाबबाट पनि अलिकति बढि विश्वास पाउन सकिन्छ।यहाँको प्रतिष्ठानहरुलाई पनि हामीले चलायमान गराउन सकिन्छ। सबै होटल प्रतिष्ठानमा जनशक्तीको ठूलो चुनौति छ। हामीसँग विद्यार्थी हुने तर विद्यार्थीले प्रतिष्ठानहरुमा गएर काम गर्न नसक्ने भइरहेको छ। त्यसको कारण उनीहरुसँग विषयगत ज्ञान त भयो सिप भएन।सिप पनि सँगसँगै लिएर गयौं भने उद्योग प्रतिष्ठानले पनि राख्ने, विद्यार्थीलाई केही कमाइ पनि हुने खालको अभ्यास काठमाडौँ विश्वविद्यालयले गरेको छ। त्यसैले हामीले त्यो विश्वविद्यालयसँग सहकार्य गरेर जाने मनसायमा पुगेका हौं।

    अहिलेको विश्व बजारमा विश्वविद्यालयहरुबीच संयुक्त डिग्रीको अभ्यास ठूलो मात्रामा देखिएको छ। हामीमा अन्तर्राष्ट्रियसँग सहकार्य गर्यौं भने राम्रो मान्ने, नेपालमा आँफू आँफू बीचमा सहकार्य गर्दा किन मिल्यो भन्ने प्रश्न उठ्ने परिपाटी छ। हामीले पहिले नेपालबाट सुरु गरौं, त्यसपछि अन्तराष्ट्रिय बजारमा जाउँ भन्ने सकारात्मक सन्देश दिन पनि खोजेको हो । त्यसकारण काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यलाई अगाडी बढाएका हौं।

    यो विषयको परिक्षा कार्यक्रमको लागि हामीले लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको संयुक्त विषय समिति बनाउँछौं। त्यो संयुक्त विषय समितिले विषयगत अध्ययन गरेर पाउने एकेडेमिक ट्रान्सक्रिप्टका लागि पनि संयुक्त रुपमा हेर्छ। व्यवसायीक सिकाइको पनि हामीले ट्रान्सक्रिप्ट दिने भएकाले हाम्रो आफ्नै मापदण्ड छ। जस्तै विद्यार्थीले कति घण्टा काम गर्यो, कसको रोहबरमा गर्यो लगायतका कुराहरु हामीलाई फाइलको रुपमा आइसकेपछि त्यसलाई अध्ययन गर्छौं। त्यसपछि सम्बन्धित विद्यार्थीलाई प्रमाणपत्र दिन मिल्ने नमिल्ने भनेर हामी आँफैले मुल्यांकन गर्छौ।

    यसको अर्को रोचक पक्ष पनि छ। जस्तो विद्यार्थीले पढ्दै गर्दा विचमा अध्ययन छोड्यो भने पनि उसले प्राप्त गरेको क्षमताको प्रमाणपत्र पाउँछ। एकेडेमिक रुपमा उसले विविध कारणले स्नातक उपाधी हासिल गर्न नसक्ला, तर यो–यो सिपमा दक्ष छ भनेर जहाँसम्म अध्ययन गरेको छ, त्यसको मुल्यांकन गरि प्रमाणपत्र दिन्छौं।
    हामीले सुरु गरेको बीएचटीएम शैक्षिक कार्यक्रममा व्यवस्थापनका विषयहरु छन्। बौद्ध विश्वविद्यालय भएकाले पाठ्यक्रममा बुद्धिजमका समेटिएका छन्। यससँगै होटल म्यानेजमेन्ट र ट्राभल टुरिजमसँग सम्बन्धित विषय त पढाइ हुने नै भयो। यसका साथै यसमा अन्तराष्ट्रिय भाषा पनि अध्ययन गराउँछौं। अहिले छिमेकी राष्ट्रका मुख्य भाषालाई केन्द्रीत गर्ने भन्ने छ।

    विश्वकै उत्कृष्ठ विश्वविद्यालयहरु चिनमा रहेका छन्। ति विश्वविद्यालयहरुसँग सहकार्य गरेर विद्यार्थीहरुलाई पढ्न पठाउने व्यवस्था गरेका छौं। विद्यार्थीहरुले चाहे भने २ वर्ष नेपालमा बसेर पढ्ने अर्को दुई वर्ष चिनमा गएर पढ्ने खालको कुरा पहिले सहमती नै भएको छ।अहिले भर्ना भएका ८० जना विद्यार्थीलाई चिन पढ्न पठाउन पनि हामी तयार भएका छौं। बीएचटीएम विषयको अर्को आकर्षण पनि हो।

    बुटवल सिटी क्याम्पसमा कक्षा सुरु हुन्छ। हाम्रो ३ वटा मोडालिटी हुन्छ। एउटा स्किल ल्याब जहाँ व्यवसायीक कुराहरु कुराहरु विद्यार्थीले सिक्न पाउँछ। त्यसबाट स्किल ट्रान्सक्रिप्ट पाउँछ। नलेज ल्याब अन्तर्गत एकेडेमिक ट्रान्सक्रिप्ट पाउँछ। अर्को विहेवियर ल्याब जहाँ उसको व्यवसहारीक कुराहरु मुल्यांकन गरेर हामीले प्रमाणपत्र दिन्छौं। यो ३ वटा ल्याबको माध्यमबाट हामीले पढाउँछौं।
    स्किल ल्याब हाम्रो मणिग्राम विश्राम बाटिकामा छ। विश्राम बाटिकासँग रहेर हामीले ल्याबको रुपमा लिएर जान्छौं । जति पनि बुटवलमा रहेका तालीम केन्द्रहरु छन्। त्यसलाई हाम्रो मापदण्डमा ल्याएर उहाँहरुलाई दिने तालीमहरुलाई हामीले सर्टिफाई गर्ने। हाम्रो अनुसारको तालिम दिइसकेपछि ती तालीम सेन्टर पनि हाम्रो विश्वविद्यालयको मातहत भए। यो क्षेत्रमा रहेका तारे होटलहरु देखी विभिन्न साना होटलहरु पनि विश्वविद्यालयको हिस्सा हुन्छ। ति होटलहरु चलायमान भयो भने मात्र विद्यार्थीलाई हामीले पढ्नुपर्छ भन्ने लाग्छ।

    यी तीनवटै पाटोलाई सँगै लिएर जाँउ भनेर हिजोको कार्यक्रममा हामीले उहाँहरुलाई बोलाएर बुझायौं। हामी छुट्टा छुट्टै रुपमा पनि उहाँहरुलाई भेट्नेछौं। यहाँ भएका सबै होटल प्रतिष्ठान र तालिम केन्द्रहरु सबै हाम्रा विद्यार्थीले सिक्ने ठाउँ हो र तालिम लिने सबै हाम्रा विद्यार्थी हुन भन्ने कुरा स्थापित गर्न चाहान्छौं।

    यहाँका होटलहरुलाई कुन लेबलको जनसक्ती आवश्यक पर्छ त्यस अनुसारको जनशक्ती हामीले पठाउँछौं। उनीहरुलाई सिकाउन तालिम सेन्टरमा पठाउने र तिनै पक्षको सहकार्यबाट हामीले यो विषयलाई अगाडि बढाउँछौं।
    (कुराकानीमा आधारित)