२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • स्वरुप फेरियो गैडहवा तालको

    ’round सडकसँगै ताल किनारमा रेलिङ निर्माण


    बुटवल– रुपन्देहीको गैडहवा तालमा पूर्वाधारहरु निर्माण भएपछि यसको स्वरुप फेरिएको छ। गैडहवा गाउँपालिका वडा नम्बर ४ मा पर्ने ताल वरपर सडक बनाइएको छ। पैदलमार्ग सहितको सडकमा स्ट्याण्डर ग्राभेल गरिएको गाएपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले बताए। ‘तालको वरपर सडक बनेको छ। सडकसँगै ताल किनारमा रेलिङ निर्माण गरिएको छ। डुंगा चढ्ने स्टेसन, टिकट काउण्टर, वासरुम लगायतका पूर्वाधार बनेका छन्।’ उनले भने।

    डुंगा चढ्ने ठाउँमा पनि ताल किनारको माटो निकालेर व्यवस्थित बनाइएको छ। गैडहवा ताल ८४ विघा क्षेत्रमा फैलिएको छ।
    रास्ट्रपति चुरे तराई मधेश सरक्षण बिकास कार्यक्रम अन्तरगत नेपाली सेनाले गैडहवा ताल पुनः निर्माण गरेको हो। आर्थिक बर्ष २०७९÷८० को स्वीकृत बजेटबाट गत वर्ष असोजबाट नेपाली सेनाको श्री कालिभक्ती गण (ई) पुनः निर्माणको काम गरेको हो।
    गैडहवा ताल पुनः निर्माण सकेर सेनाले बुधबार गैडहवा गाउपालिकालाई हस्तान्तरण गरेको छ।

    हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका रथि सिताराम खड्काले ताल संरक्षणले पर्यटन प्रबर्द्धनसँगै जैविक विविधता पनि बढेर जाने बताए। उनले यस्ता खाले ठुला जल संरक्षणले पानीको सतहलाइ मात्रै नभै सिङ्गो बाताबरणलाइ फाइदा हुने उल्लेख गरे।

    गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले ताललाई लुम्बिनीको नजिकको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताए। ‘लुम्बिनी आउने पर्यटकलाई गैडहवा ताल ल्याउने योजना छ। लुम्बिनीबाट नजिक पनि छ।’ उनले भने ‘स्थानियको व्यवसायलाई प्रवद्र्धन गर्न होम स्टे चलाउने योजना पनि बनाएका छौं। तालसँगै हामीसँग यसोधरा पार्क पनि छ। यस अघि ताल परिसरमा सभाहल र बनभोजस्थल समेत बनाइएको थियो।

    सिमसार क्षेत्रमा सुचिकृत भएको यो ताल रुपन्देहीको सबै भन्दा ठूलो ताल हो। बुद्ध जन्मस्थल लुम्बिनीको पर्साचोकबाट उत्तर लागेर १० किलोमिटरमा गैडहवाकै गुलरिया चोक आउँछ। गुलरिया चोकबाट पश्चिम लागेपछि ३ किलोमिटरमा गैडहवा ताल पुग्न सकिन्छ।