२०८१ आश्विन २१ गते, सोमबार ०९:१४
  • तानसेमा आज ऐतिहासिक भगवती जात्रा मनाइँदै

    तानसेन-पाल्पाको तानसेमा आज ऐतिहासिक भगवती जात्रा मनाइँदै छ। दुई सय वर्ष अघि नेपालले अङ्ग्रेज सेनालाई युद्धमा सम्झनामा प्रत्येक वर्ष कृष्णाजन्माष्टमीको भोली पल्ट रणउजेश्वरी भगवती जात्रा निकाल्ने गरिन्छ।१८७२ वैशाख ७ गते जीतगढीमा उजिर सिंह थापा नेतृत्वको नेपाली सेनाले अङ्ग्रेजलाई परास्त गरेका थिए।

    युद्धमा निस्कनुअघि कर्णेल थापाले विजय भएमा ठूलो मन्दिर बनाई हर्ष बढाई सहित सिन्दूर जात्रा गर्ने भगवतीसँग भाकल गरेका थिए। आफ्नो भाकल पूरा भएपछि कर्णेल थापाले मन्दिर बनाई यो जात्रा निकाल्न थालिएको इतिहास रहेको छ।
    कर्णेल उजिरसिंहले विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीन तले मन्दिर पूरा गरेका थिए। विसं १८७७ सालदेखि हरेक वर्ष तानसेनमा कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ।

    भगवती जात्रालाई पाल्पामा ठूलै उत्सवको रुपमा लिने गरिएको छ। हेर्न आसपासका जिल्लाबाट पनि ठूलो संख्यामा मानिसहरु तानसेन पुग्ने गर्दछन्। भगवती जात्राको अवसरमा भारतीय पर्यटन व्यवसायीहरुको टोली तानसेनमा आएको छ। तिनदिने बसाइमा उनीहरुले भगवती जात्राको अवलोकनसँगै तानसेन र आसपासका पर्यटकीय स्थलहरुको अवलोकन गर्ने छन्।