२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • पर्यटन दिवसको पूर्वसन्ध्यामा बुटवलमा महाआरती हुने

    बुटवल-विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा असोज ९ गते बुटवलमा महाआरती हुने भएको छ। नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्ट् नाट्टा लुम्बिनीको आयोजना, पर्यटन विकास परिषद लुम्बिनीको प्रवद्र्धन तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा महाआरती हुने भएको हो।

    सेप्टेम्बर २७ अर्थात असोज १० गते विश्व पर्यटन दिवस मनाइँदै छ। त्यसको अघिल्लो साँझ बुटवल उपमहानगरपालिका वडा नम्बर ३, गोलपार्क स्थित दुर्गामन्दिरमा महाआरती हुने नाट्टा लुम्बिनीले जनाएको छ।धर्म संस्कृति प्रति हाम्रो सम्मान, पर्यटन प्रबर्द्धन हाम्रो अभियान भन्ने नाराका साथ महाआरती हुन लागेको हो।

    लुम्बिनीसँगै बुटवल र आसपासको पनि पर्यटन प्रवद्र्धनको लागि महाआरती कार्यक्रम राखिएको नाट्टा लुम्बिनी प्रदेशकी अध्यक्ष रचना पन्तले बताइन्। महाआरतीको क्रममा दीपप्रज्वलनसँगै शिव ताण्डव नृत्य र भजन हुने उनले जानकारी दिइन्।